Thursday, April 26, 2018
Wednesday, May 18, 2016
गीति एल्वम आकाङ्क्षा विमोचन
के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउतासित !
यही गीतका सङ्गीतकार नारायण रायमाझीले आयोजकका तर्फबाट राष्ट्रकविको निजी निवास लैनचौरस्थित अलकाबस्तीमा गीतकार रमेश पौडेलको साङ्गीतक एल्वम आकाङ्क्षा विमोचनका लागि अतिथिहरुलाई स्वागत गरे । सूत्रधारको भूमिकामा रहेकी आकृति पाैडेलले बैशाख महिनामा राष्ट्रकविकै बैशाख कविता सुनाउँदै भनिन् - यो आँगन हाम्रा लागि तीर्स्थस्थल हो । उहाँको आँगन टेक्न पाउनु हाम्रो अहोभाग्य हो ।
विगत तीन दशकदेखि नेपाली साहित्य र कलामा सक्रिय गीतकार रमेश पौडेलको साङ्गीतिक एल्वम आकाङ्क्षाको विमोचन राष्ट्रकविले आफ्नै निजी निवास अलकाबस्तीमा गरे । केही हप्ता अघि गीतकार पौडेल एल्वम विमोचनको निम्तो बोकेर राष्ट्रकवि निवास पुगेका थिए । एल्वम विमोचन गर्दै राष्ट्रकविले भने - रमेश मलाई पनि मन पर्ने गीतकार हुन्, उनको आग्रह र्टार्न सकिनँ । आफ्नै आँगनमा बोलाएँ । यहाँहरुको उपस्थितिले मेरो आँगन पनि धन्य भएको छ ।
एल्वममा समेटिएका गीतको समीक्ष गर्दै गीतकार प्राज्ञ श्रवण मुकारुङले भने -सुष्म विषयलाई गीतमा खिप्नु र त्यसलाई विशिष्ट रुप दिनु गीतकार पौडेलको कला हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा गीतकार दिनेश थपलियाले पौडेलका गीत सुन्दा स्रोताले आफ्नै कथा, व्यथा सुनिरहेको भान हुने बताए । नेपाली लेखक संघका अध्यक्ष डा. नवराज लम्सालले पौडेलको अभिव्यक्ति विधा विविध भएकोले कवि, कलाकारका अतिरिक्त यौटा सफल गीतकार भएको दावी गरे । गीतकार पौडेलले नै चलाएको आवरण डट कमको ब्यानर मुनी सभापति थिइन् गीतकार उषा शेरचन । सभापति शेरचनले प्रश्न थपिन- सिर्जनामा रमेशले नजानेको के होला - राष्ट्रकविको अँगनमा आयोजित समारोहको सभापति हुनु जीवनकै अविस्मरणीय क्षण हुने बताईन । विमोचित गीति एल्वमको संगीतिक समीक्ष गर्दै गायक तथा संगीतकार टीका भण्डारी र डा. भीमार्जन आचार्यले गीतकार पौडेलका गीतमा आधी संगीत गीत लेखनमै हुने भएकोले संगीत सिर्जनामा सहज र सुगम हुने बताए । एल्वमका गीतकार पौडेलले राष्ट्रकविको आँगन आफ्ना लागि तीर्थधाम भएको बताउँदै राष्ट्रकविमै समर्पित गीत सुनाए ।
गीति अभिनन्दनको फ्रेमिङ हस्तान्तरण गरेपछि राष्ट्रकविले रमेशलाई गम्लङ्गै अँगालो हालेको दृष्य निकै रोचक देखिन्थ्यो । सैयौं गीत लेखे पनि रेकर्ड भएका दर्जनौं गीत मध्ये गीतकार पौडेलको आकाङ्क्षामा विभिन्न भावका ८ वटा राखिएको छ । एल्वममा शिवशंकर, सुरेश अधिकारी,नारायण रायमाझी,टीका भण्डारी, सुशील विश्वकर्मा, राजु सिंह, पारस मुकारुङ र बी.बी.अनुरागीको संगीत रहेको छ भने गायनमा मीरा राण, आनन्द कार्की,राजेशपायल र्राई, शिशिर योगीर्, इश्वर अमात्य,रामभक्त जोजिजू, चन्दादेबी र रुपकुमार र्राईको स्वर रहेको छ ।
विमोचन मिति: २०७३ बैशाख २५ गते ।
Thursday, April 5, 2012
~च्याट कविता~
![]() |
हाई....
हजुर !
सञ्चै ?
आधा सञ्चो, आधा बिसञ्चो ।
सात सीमपारिका नेट साथी-
सोद्धै जान्छन्....
गाउँतिर के छ ?
बाटो छ,
मोटर छैन ।
बिजुलीको तार छ,
बत्ती छैन ।
काँइलो ?
कतार ।
साइलो ?
साउदी ।
कविता ?
कुवेत ।
को छ त गाउँमा ?
............... ।
***
राजनीति ?
तरल छ ।
खत्तम पारे हौ देश ?
.................... ।
नागरिक सर्वोच्चता ?
म एभरेष्टको नागरिक हुँ ।
के हुन्छ अब ?
............. ।
संविधान सभा ?
.............. !
देशको माया लाग्छ ?
असाध्यै ।
बिर्सेर पनि संझिन्न भन्थ्यौ ?
..................।
अनि के छ त्यता ?
मस्ती छ ।
पैसाले पुग्यो ?
पुग्या छैन -
कति कमायौ ?
तिमी गन्न सक्दैनौ ।
सुखी छौ ?
छु ।
खुशी छौ ?
छैन ।
किन्न पाईएन ?
अहँ !
***
जागिर ?
खाँदैछु ।
पुग्छ ?
पुर्याउँदैछु छु ।
घर बनायौ ?
गाउँमै छ ।
गाडी किन्यौ ?
बसपार्कमा छ ।
अनि के गर्यौ त ?
देश छोडिनँ ।
.....#...........
© रमेश पौडेल
Saturday, March 31, 2012
बेसै हुन्थ्यो...
बेसै हुन्थ्यो तिमीलाई, नदेखेको भए-
तिम्रो नाम कलेजीमा, नलेखेको भए !
गजल : रमेश पौडेल
स्वर / संगीत : रोशन शाही
Friday, July 9, 2010
माया तिम्ले भुतुक्कै पार्यौ नि...
स्वर:गणेश / यशोदा पराजुली
संगीत: सुशील विश्वकर्मा/
रचना: रमेश पौडेल
टुकी हाइकु
यै टुकी बाल
जलश्रोतको धनी
नयाँ नेपाल !
© रमेश पौडेल
के बर मागी...
के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउटासित
मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै'छ
निधारको टीकामाथि सिउदो त्यसै खालि रै' छ
बर माग्दा सिन्दुर माग्नु दिन्छन् भने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउटासित
जिन्दगीमा कसैसाग आखिर नाता जोड्नै पर्छ
अरुलेझैं तिम्ले पनि जन्म घर त छोड्नै पर्छ
स्वर्ग जस्तै घर माग्नु दिन्छन् भने देउतासित
दुनियालाई नभने नि भन्नै पर्छ एउटासित !
© रमेश पौडेल
स्वर: रामभक्त जोजिजू
संगीत: नारायण रायमाझी
Subscribe to:
Posts (Atom)


