साहित्य र कलाप्रतिको अनुराग

Menu Lable

Wednesday, May 18, 2016

गीति एल्वम आकाङ्क्षा विमोचन


के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
            दुनियालाई  नभने नि  भन्न  हुन्छ एउतासित ! 


  यही गीतका सङ्गीतकार नारायण रायमाझीले आयोजकका तर्फबाट राष्ट्रकविको निजी निवास लैनचौरस्थित अलकाबस्तीमा गीतकार रमेश पौडेलको साङ्गीतक एल्वम आकाङ्क्षा विमोचनका लागि अतिथिहरुलाई स्वागत गरे । सूत्रधारको भूमिकामा रहेकी  आकृति पाैडेलले बैशाख महिनामा  राष्ट्रकविकै बैशाख कविता सुनाउँदै भनिन् -  यो आँगन हाम्रा लागि तीर्स्थस्थल हो । उहाँको आँगन टेक्न पाउनु हाम्रो अहोभाग्य हो । 
  
 विगत तीन दशकदेखि नेपाली साहित्य र कलामा सक्रिय गीतकार रमेश पौडेलको साङ्गीतिक एल्वम आकाङ्क्षाको विमोचन राष्ट्रकविले आफ्नै निजी निवास अलकाबस्तीमा गरे । केही हप्ता अघि गीतकार पौडेल एल्वम विमोचनको निम्तो बोकेर राष्ट्रकवि निवास पुगेका थिए । एल्वम विमोचन गर्दै राष्ट्रकविले भने - रमेश मलाई पनि मन पर्ने गीतकार हुन्, उनको  आग्रह र्टार्न सकिनँ । आफ्नै आँगनमा बोलाएँ । यहाँहरुको उपस्थितिले मेरो आँगन पनि धन्य भएको छ ।  
                                           

    एल्वममा समेटिएका गीतको समीक्ष गर्दै  गीतकार प्राज्ञ श्रवण मुकारुङले भने -सुष्म विषयलाई गीतमा खिप्नु र त्यसलाई  विशिष्ट रुप दिनु गीतकार पौडेलको कला हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा गीतकार दिनेश थपलियाले पौडेलका गीत सुन्दा स्रोताले आफ्नै कथा, व्यथा सुनिरहेको भान हुने बताए । नेपाली लेखक संघका अध्यक्ष डा. नवराज लम्सालले पौडेलको अभिव्यक्ति विधा विविध भएकोले कवि, कलाकारका अतिरिक्त यौटा सफल गीतकार भएको दावी गरे ।  गीतकार पौडेलले नै चलाएको आवरण डट कमको ब्यानर मुनी सभापति थिइन् गीतकार उषा शेरचन । सभापति शेरचनले प्रश्न थपिन- सिर्जनामा रमेशले नजानेको के होला - राष्ट्रकविको अँगनमा आयोजित समारोहको सभापति हुनु जीवनकै अविस्मरणीय  क्षण हुने  बताईन । विमोचित गीति एल्वमको संगीतिक समीक्ष गर्दै गायक तथा संगीतकार टीका भण्डारी र डा. भीमार्जन आचार्यले  गीतकार पौडेलका गीतमा आधी संगीत गीत लेखनमै हुने भएकोले संगीत सिर्जनामा सहज र सुगम हुने बताए ।  एल्वमका गीतकार पौडेलले राष्ट्रकविको  आँगन आफ्ना लागि तीर्थधाम भएको बताउँदै राष्ट्रकविमै समर्पित गीत सुनाए । 


गीति अभिनन्दनको फ्रेमिङ हस्तान्तरण गरेपछि राष्ट्रकविले रमेशलाई गम्लङ्गै अँगालो हालेको दृष्य निकै रोचक देखिन्थ्यो । सैयौं गीत लेखे पनि रेकर्ड भएका दर्जनौं गीत मध्ये गीतकार पौडेलको आकाङ्क्षामा विभिन्न भावका ८ वटा राखिएको छ । एल्वममा शिवशंकर, सुरेश अधिकारी,नारायण रायमाझी,टीका भण्डारी, सुशील विश्वकर्मा, राजु सिंह, पारस मुकारुङ र बी.बी.अनुरागीको संगीत रहेको छ भने गायनमा मीरा राण, आनन्द कार्की,राजेशपायल र्राई, शिशिर योगीर्, इश्वर अमात्य,रामभक्त जोजिजू, चन्दादेबी र रुपकुमार र्राईको स्वर रहेको छ ।


विमोचन मिति:  २०७३ बैशाख २५ गते ।


No comments:

Post a Comment